.
.

गोल्डेन आइडल सिजन ३ शुरु अब पालो गोल्डेन आइडल बन्ने


गोल्डेन स्टार मल्टिमिडियाको आयोजनामा गोल्डेन आइडल सिजन ३ हुने भएको छ । नया प्रतिभाको खोजी गर्ने उद्देश्यले आयोजना गरीएको यो कार्यक्रम को लोकप्रियता संगै आयोजकले फारम बितरण अभियानलाई पनि अगाडी बढाई रहेको छ ।golden idolgolden idol season 3golden idol
गायन र नृत्य बिदामा हुने यो कार्यक्रममा बिजेताले नगद रु एक लाख प्राप्त गर्नेछन भने फस्ट रनरअपले पचास हनार र सेकेण्ड रनरअपले पच्चिस हजार प्राप्त गर्नेछन । कार्यक्रमका् अडिसन कार्यक्रम अशोज ६ र ७ गते पोखराको दि भिलेज रेस्टुरेण्टमा ,८ गते दमौली सभाहल तनहँुमा , ९ गते होटल गेटवे बेसीसहर लम्जुङमा ,१० गते सनसाईन इङलिस बोडिङ स्कूल आँबु खैरेनि तनहुँ ,११ गते सृजना कला केन्द्र मकवानपुर हेटौडा ,१२ र १३ गते नारायणगढ १४ गते खानेपानी हल कावसोति नवलपरासी , १५ गते लिटिल फ्यावर इङलिस बोडिङ स्कूल फर्साटिकर रुपन्देहि ,१६ गते होटल मिरा बुटुवल रुपन्देहि ,१७ गते बर्दघाट नवलपरासी , १९ गते ए बि सि डान्स एकेडेमी जीतपुर बपिलबस्तु २० गते लमहि दाङ, २२ गते तुलसीपुर दाङ, २३ गते घोराही दाङ २५ गते गल्याङ्ग स्याङजा, २६ गते वालीङ स्याङजा , २७ गते पुतली बजार स्याङजा , २९ गते कुष्मा पर्वत , ३० गते बाग्लुङ बजार बाग्लुङ र कार्तिक १ गते म्याग्दी बेनि बजार मा हुने गोल्डेन स्टार मल्टिमिडिया प्रा लिका प्रबन्ध निर्देशक सरण गुरुङले बताए । त्यस्तै कार्यक्रमलाई बिगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाल टेलिभिजन प्लसमा हप्ताको एक दिन देखाईने कार्यक्रम संयोजक सपना श्रेष्ठको भनाई छ ।

नेपालमा यस्ता रियालेटी सो धेरै भए पनि गोल्डेन आइडल बन्न धेरैको हामथाप हुने विगतका कार्यक्रमहरुले देखाउछ यस प्रतियोगितालाई सफल पार्न कुनै पनि कस्रत नराख्ने सरण गुरुङको भनाई छ । यस कार्यक्रम देशकै एउटा ठुलो ब्राण्ड पनि हो त्यसै अनुरुप आफु तयार रहेको गोल्डेन स्टार मल्टिमिडिया प्रालिका निर्देशक रेनुका गुरुङको भनाई छ । यसै गरि पहिलेको संस्करण भन्दा यस संस्करणमा थप व्यावस्थीत हुने कार्यक्रम व्यावस्थापक सुनिता नेपाली को भनाई छ ।

Reviews

  • Total Score 0%
User rating: 0.00% ( 0
votes )



Leave a Reply

Your email address will not be published. Required fields are marked *